Category Archives for "Uncategorized"

June 24, 2019

अर्जुनका केही कुरा जसलाई अपनाएर राम्रो लिडर बन्न सकिन्छ

महाभारतको उद्योग पर्वमा भनिए अनुसार श्रीकृष्णलाई  अर्जुनका केही कुरा साह्रै राम्रो लाग्थ्यो, जसका कारण अर्जुनले सदैव विजय हासिल गरे । अर्जुनका ती गुणहरूकै कारण श्रीकृष्णले  महाभारत युद्धका क्रममा अर्जुनको साथ दिएका थिए ।

अर्जुनको स्वभावका यी कुरा सिकेर कुनै पनि मानिस राम्रो लीडर बन्न सक्छ । यी कुरालाई आत्मसात् गरेर दैनिक जीवनमा वा आफ्नो स्वभावमा सामेल गर्नाले मेहनतको पूर्ण फल मिल्नुका साथै हरेक काममा सफलता हात लाग्छ ।

के थिए त अर्जुनका गुण

बलं वीर्यं च तेजश्च शीघ्रता लघुहस्तता।

अविषादश्च धैर्यं च पार्थान्नान्यत्र विद्यते।।

हातको फुर्ती

अर्जुनसमान श्रेष्ठ धर्नुधर अरू कोही थिएन । अर्जुन जति फुर्तिले बाण चलाउँथे त्यति कसैले सक्दैनथ्यो, उनको जस्तो स्फूर्ति अरू कसैको हातमा थिएन । अर्जुनको यही गुणले उनलाई  सर्वश्रेष्ठ धर्नुधारी बनाएको थियो । यसै गरी कुनै पनि कामलाई सही अवसरमा समय नगुमाईकन पूरा गर्ने कोशिश गर्नुपर्छ । यसबाट सफलताको सम्भावना वृद्धि हुन्छ ।

बल

महाभारतमा यस्ता थुप्रै कथा छन्, जसले अर्जुनको बल र बुद्धि दर्शाउँ छन्। अर्जुनमा शारीरिक बलका साथ-साथै  मानसिक शक्ति पनि निकै थियो । यसै कारण वजह उनी चलाखिपूर्ण नीति निर्माण गरेर दुश्मनहरूलाई जित्दथे। त्यसैगरी  हामीले पनि कुनै काम गर्दा बुद्धि पूर्वक योजना बनाएर गर्नुपर्छ। जसबाट निश्चित सफलता प्राप्त हुन्छ।

शीघ्रकारिता

भनिन्छ, हरेक काम गर्ने एक सही समय हुन्छ, यदि हामीले कुनै कुरामा निर्णय लिन ढिलाइ गर्यौं भने त्यसको अर्थ नरहनसक्छ । यो कुराको महत्व अर्जुनलाई राम्रोसँग थाहा थियो । उनी कुनै पनि काम गर्न त्यति बेर लगाउँदैनथे ताकि त्यस कामको महत्त्व नै सकियोस् । श्रीकृष्ण आफ्नो नीति सबै पाण्डवलाई बताउँथे तर त्यसलाई बुझेर सबैभन्दा पहिले लागू गर्ने अर्जुन नै हुन्थे । यसै गरी हामीले पनि कुनै मौका गुमाउनुहुँदैन । समयको महत्व बुझेर काम गर्नुपर्छ ।

विषादहीनता

श्रीकृष्ण स्वयंले गीता उपदेशमा अर्जुनलाई मोहमाया छाडेर आफ्नो कर्मलाई महत्व दिनुपर्छ भनेर सिकाएका थिए ।  त्यसपछि अर्जुनमा विषादहीनता वा कुनै पनि कुराले दुखी नहुने गुण विकसित भएको थियो । फलत: युद्धमा अर्जुन कुनै परिस्थितिमा विचलित भएका थिएनन् ।  उनी आफ्नो कर्म गर्दै रहे। यसैगरी हामीले पनि सुख, दुखभन्दा माथि उठेर, आलस्य छोडेर आफ्नो काम पूरै मन लगाएर गर्नुपर्छ ।

धैर्य

भगवान कृष्णका अनुसार, जुन मनुष्यमा धैर्य हुन्छ, ऊ स्वत: महान बन्छ । अर्जुन बुद्धिमान तथा शक्तिशाली हुनुका साथ-साथै धैर्यवान् पनि थिए । अर्जुनको जस्तो धैर्य जुन मानिसमा हुन्छ ऊ कुनै पनि काम हतारमा गर्दैन । धैर्यपूर्वक काम गर्दा बुद्धि भ्रमित हुँदैन र अवश्य पनि सफलता प्राप्त हुन्छ ।

पराक्रम

पराक्रम अर्थात हरेक काम गर्ने क्षमता। महाभारतमा केवल अर्जुन नै यस्ता थिए, जो कुनै पनि चुनौती वा समस्याको सामना गर्न डराउँदैनथे । यसै गरी हामी पनि हरेक काम यसरी नै पूरा गर्नका लागि पराक्रमी हुनुपर्छ । अर्जुनले जस्तै गरी हामीले पनि पराक्रम देखाएर हर परिस्थितिको सामना गर्नुपर्छ ।

तेज

बुद्धि र पराक्रमका साथसाथै अर्जुनको व्यक्तित्व पनि प्रभावशाली थियो । नियम एवं संयममा बस्ने भएका कारण अर्जुनको तेज अति नै प्रभावशाली थियो। यसै गरी हामीले पनि नियम र संयम पालन गर्नुपर्छ जसबाट हाम्रो तेज बढोस् र व्यक्तित्व पनि प्रभावशाली बनोस्।

>